११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति प्रधानमन्त्री मर्माहत



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

आज बिहान निधन हुनुभएका ९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ । उहाँको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति हुनुहुन्छ ।