५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध



अ+ अ-

काठमाडौं । अमेरिकाले एप्पलको म्याकबुक प्रो ल्यापटपलाई हवाइजहाजको यात्रामा सँगै लैजान प्रतिबन्ध लगाएको छ ।


अमेरिकाको संघीय उड्डयन प्रशासनले सन् २०१५ देखि २०१७ को बीचमा बनेका १५ इन्चको म्याकबुक प्रो ल्यापटप यात्रुलाई हवाइजहाजभित्र लैजान बन्देज लगाएको हो ।

ब्याट्रीमा समस्या देखिएको भन्दै एप्पलले ती ल्यापटपलाई फिर्ता लिएको बताएको थियो । उक्त ल्यापटपको ब्याट्रीमा समस्याका कारण बढी तात्ने र आगो लाग्नसक्ने खतरा रहेको एप्पलले जनाएको छ ।

अमेरिकी उड्डयन प्रशासनको निर्णयसँगै अब अमेरिकी विमान सेवा तथा अमेरिकामा जाने कुनैपनि उडान सेवाहरुमा यात्रुहरुले १५ इन्चको म्याकबुक प्रो साथमा राखेर यात्रा गर्न पाउने छैनन् । एयर इटाली, एयर ट्रान्सेट, थोमस कुक एयरलाइन्सलगायतले पनि यो ल्यापटपमाथि हवाई यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।

यसअघि सामसुङको ग्यालेक्सी नोट सेभेनलाई पनि विमान सेवा कम्पनीहरुले प्रतिबन्ध लगाइसकेका छन् । नोट सेभेनमा पनि ब्याट्रीसँग सम्बन्धित समस्या देखिएको थियो ।