५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन पेन्टस् उद्योगमाथि मुद्दा दायर



अ+ अ-

हेटौँडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा बिहीबार मुद्दा दायर भएको छ ।

नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो ।

उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवाना माग दावीसहित मुद्दा दायर गरेको बताएको छ ।

यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ ।

पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ ।