५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पुस्तक, बस र एम्बुलेन्स वितरण



अ+ अ-

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको हो ।

दिवसको अवसरमा राजदूत पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डात्तोलन पनि गरे । समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो । राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरे ।

साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरे ।

वितरणपछि राजदूत पुरीले आफ्नो धारणा राख्दै यसप्रकारको परोपकारी सहयोग अदान प्रदानले नेपालको सामाजिक– साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।