११ आश्विन २०८१, शुक्रबार
,
Latest
पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासीको सहयोगमा एम्बुलेन्स



अ+ अ-

बागलुङ । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ । प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए ।

“लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने । लेखानी घर भएका गैर आवसीय नेपाली सङ्घ (एनआरएनए) का सदस्य थानेश्वर कँडेलको विशेष अगुवाइमा यसका लागि नेदरल्याण्डसमा सहयोग अभियान चलेको थियो । सङ्घमा आबद्धसहित अन्य सहयोगीबाट गरी झण्डै रु ३७ लाख सङ्कलन भएको जनाइएको छ । उक्त रकममध्ये रु २१ लाख शाखालाई प्राप्त भइसकेको उपसभापति आचार्यले बताए ।

“एम्बुलेन्स खरीदमा झण्डै रु ११ लाख खर्च भएको छ, बाँकी रकमबाट रक्तसञ्चार केन्द्रमा उपकरण खरीद र जडानको काम भइरहेको छ”, उनले भने । नेदरल्याण्डसबाट आउन बाँकी रकम पनि रक्तसञ्चार केन्द्रकै स्तर सुधारमा खर्च हुनेछ । नयाँ एम्बुलेन्स आएपछि तीन वर्षदेखि रोकिएको सेवा सञ्चालन हुने भएको छ । शाखामा भएका पुराना एम्बुलेन्स काम नलाग्ने भएपछि थन्किएका थिए ।

आउँदा दिनमा व्यवस्थित र प्रभावकारीरुपमा एम्बुलेन्स सेवा सञ्चालन गरिने शाखाले जनाएको छ । त्यस्तै अत्याधुनिक उपकरणको जडानले रक्तसञ्चार केन्द्रको सेवा पनि स्तरीय हुने छ । रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका नेपालीले एम्बुलेन्स किन्न गरेको सहयोग अतुलनीय रहेको उपसभापति आचार्यको भनार्इ छ ।