२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो
अ अ+ अ-

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको छ। प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भू–बनोट तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यता भएका बेला हवाई उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ।

यस समस्यालाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणालीको विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ। सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने सम्बन्धमा प्रारम्भिक अध्ययन सम्पन्न गरिएको हो।

उक्त प्रणाली कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ। यी प्रक्रिया पूरा भएपछि कम दृश्यता भएका अवस्थामा समेत हवाई उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

यस प्रणालीको कार्यान्वयनबाट प्रतिकूल मौसमका कारण उडानलाई अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण प्रक्रिया पूरा गर्न नसकी पुनः प्रयास गर्नुपर्ने तथा उडान रद्द गर्नुपर्ने अवस्थाहरूमा कमी आउने अपेक्षा गरिएको छ। यसले यात्रुलाई थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ ।

मन्त्री पौडेलले भन्नु भयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। यसबाट प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

उहाँका अनुसार पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्त्वपूर्ण कदम हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ।