२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
अ अ+ अ-

स्याङ्जा। स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ ।

गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताउनुभयो ।

“हामीले उत्पादन गर्ने कृषि उपजको लागत मुल्य ह्वात्तै बढेर गएको छ ” उहाँले भन्नुभयो, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्षरुपमा लाभ पुग्छ ।”

कार्यालयले उन्नत जातका धान, गहुँ, कोदो लगायतका तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ । बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने कामदार पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो ।

“कामदार लगाएर उत्पादन गर्दा लागत धेरै बढ्ने भएकाले पनि आधुनिक यन्त्र उपकरणको प्रयोगतर्फ जोड दिएका छौं” उहाँले भन्नुभयो, “पछिल्लो समय धान काट्ने रीपर मेसिन ल्याएर प्रयोग गरेका छौं, यसले छोटो समयमै धेरै क्षेत्रफलमा धान काट्छ ।”

कूल १० देखि १५ मिनेटमा तीन रोपनी धान काट्न सक्ने भएकाले पनि यो सस्तो, छिटोछरितो भएको उहाँ बताउनुहुन्छ । रीपरको प्रयोगले दिनभरी धान काट्न लाग्ने समयलाई घटाएर एकाध घण्टामा सिमित गरिदिने भएकाले समयको वचत हुने देखिन्छ ।

धान काट्नकालागि ज्यालामा श्रमिक नपाईने समस्या हटेर जानुकासाथै झण्डै ५० प्रतिशतसम्म लागत घट्ने उहाँ बताउनुहुन्छ ।

धान काट्ने मेसिनको प्रयोगले काटेको धानलाई एकैनासले पाँजा बनाउने र जमिनदेखि एउटै सतहमा सफा तरिकाले काट्ने भएकाले पनि पराल उठाउन र बाँध्न सजिलो हुने गरेको छ ।

सायिकरुपमा कृषि व्यावसाय गर्दै आएका समूह, सहकारी वा फर्मले धान काट्ने मेसिनको प्रयोग गर्दा उत्पादन लागत घट्ने भएकाले यसको प्रयोग अझ उपयोगी हुने उहाँले बताउनुभयो ।

कार्यालय परिसरमा २२ रोपनी र वालिङ १ बगुवामा ८३ रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा धानको बीउ उत्पादन गर्दै आएको छ । कार्यालयले रामधान, हर्दिनाथलगायतका उन्नत धानका बीउ उत्पादन गर्दै आएको छ । उत्पादित बीउको सम्पूर्ण प्रक्रिया पूरा गरी बिक्री वितरण हुने गरेको छ । रासस