२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
अ अ+ अ-

चितवन। जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो ।

केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागूऔषध र विष्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकिङ गरिएको  बताउनुभयो ।

उहाँले चेकजाँचमा तालिमप्राप्त कुकुर (केनाइन) टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो केनाइन (तालिमप्राप्त कुकुर) टोलीले विष्फोटक पदार्थ र लागूऔषध बोकेर आएको चिजलाई नियन्त्रण गर्न सकोस् र अपराध गर्नेहरू निरुत्साहित हुन्, आम नागरिकले सुरक्षित छौँ भन्ने महसुस गरून् भन्ने लक्ष्यका साथ काम गरेका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले चाडपर्वका समयमा गन्तव्यमा छिटो पुग्ने हतारोमा चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न एकीकृत रूपमा चेकजाँच भइरहेको बताउनुभयो । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद  सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिएको छ । केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक चेकजाँच भइरहेको उहाँले बताउनुभयो ।

चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न चालक र सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई सजग गराइएको प्रहरीले जनाएको छ ।  रासस