२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो
अ अ+ अ-

बाजुरा। बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ ।

जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेसँगै विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने भएको हो ।

हालै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दा, दलित, जनजाति तथा खस आर्य समुदायलगायतका नागरिकले आवश्यक प्रमाणित सिफारिस अब आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

यसअघि विभिन्न सिफारिस लिन नागरिकले सम्बन्धित कागजात बोकेर जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटताका कारण सदरमुकाम पुग्नै दिनभर लाग्ने तथा यातायात र अन्य खर्च बेहोर्नुपर्ने बाध्यताले नागरिकलाई सास्ती हुँदै आएको थियो । नयाँ व्यवस्थाले समय र खर्च बचत गर्नाका साथै सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ प्रक्रियाअनुसार सेवाग्राहीले आवश्यक निवेदन, नागरिकताको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ । वडा कार्यालयले ती कागजात जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत पठाउनेछ । प्राप्त कागजातको आवश्यक जाँचबुझपछि जिल्ला प्रशासन कार्यालयले सिफारिस तयार गरी इमेलमार्फत नै सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ ।

यसबाट जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिक, विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइ झेलिरहेका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ । सदरमुकामसम्म पुग्नुपर्ने झन्झट कम हुँदा नागरिकको समय र खर्च बचत हुनाका साथै सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

यसैबीच, मङ्गलबार सञ्चारकर्मीसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी रिजालले सरकारी सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री, सहज र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकारी कार्यालयले सेवाग्राहीसँग राम्रोसँग सञ्चार गर्दै सम्मानपूर्वक सहज र सरल रूपमा सेवा प्रवाह गर्नुपर्छ,” उहाँले भन्नुभयो, “अहिले सूचना प्रविधिको युगमा परम्परागत प्रक्रियामा मात्र सीमित नरही उपलब्ध भएसम्म प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ ।”

सरकारी सेवालाई प्रविधिसँग जोडेर नागरिकलाई अनावश्यक झन्झटबाट मुक्त बनाउने प्रयासले दुर्गम जिल्लामा सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन सहयोग पुग्ने देखिन्छ । रासस