२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
अ अ+ अ-

चितवन। मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ ।

मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव छ ।

यसै सन्दर्भमा नेपालमा ‘अण्डा’को उत्पादन र खपत बढाउन यहाँ बहस कार्यक्रम आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले निजी क्षेत्र र सरकारी निकायको संयुक्त प्रयासमा ‘अण्डा’ उत्पादन बढाउन र यसको खपत बृद्धि गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग र साथ दिएमा ‘अण्डा’ उत्पादन बढाउन आफूहरुले सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “‘अण्डा’ उपभोग बढाउन आफूहरुले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो त्यस विषयलाई आम जनतासम्म पु¥याइदिनुपर्छ । ” उहाँले ‘अण्डा’ ले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको जनाउँदै केही नाफा आएसँगै कृषकको संख्या पनि बढ्ने जानकरीदिनुभयो । अध्यक्ष पोखरेलले भन्नुभयो, “भारतबाट भन्सार छलेर आउने ‘अण्डा’ गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेका छन् । विद्यार्थीहरुको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारी तर्फबाट भएमा प्रति अण्डा रु. ५ किसानको तर्फबाट छुट दिन आफूहरु तयार छौँ ।”

उहाँका अनुसार हाल नेपालमा दैनिक ३८ लाख हाराहारी ‘अण्डा’ उत्पादन हुने गरेको छ । देशभरका लेयर्स पाल्न किसानहरूलाई संगठित गरेर कोभिड–१९को महामारी पूर्वको अवस्था जस्तो दैनिक ६५ देखि ७० लाख ‘अण्डा’ उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको छ । चार वर्ष अघिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको छ भने ‘अण्डा’ का बजारमा मूल्य प्रति क्यारेट (३० वटा) करिब ६ सयको हाराहारीमा पुगेको छ । व्यवसायीहरूको प्रति ‘अण्डा’ को लागत मूल्य रु.१९.१२ याँ पर्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । चार वर्ष अघि ‘अण्डा’ उत्पादन गर्ने किसान अधिकांश विस्थापित भएर रहेका केही मिलेर संगठित भई बजारीकरण गरेकै कारण आज लागत मूल्य पाउने अवस्थामा आफूहरु पुगेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत

पोषण विज्ञ डा दिनेश गौतमले अन्य देशको तुलनामा नेपालमा ‘अण्डा’ को खपत निकै कम रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार विश्वमा प्रतिवर्ष सरदर खपत १८५ वटा छ । एसियाको तथ्यांक हेर्दा विश्वको तुलनामा दुई वटा बढी अर्थात् १८७ रहेको छ । दक्षिण एसियामा जम्मा ८७ मात्रै छ । यो विश्वको तथ्यांकलाई हेर्दा ९८कम हो ।

नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत हुने गरेको छ । यो विश्वको तथ्यांकलाई हेर्दा ११६ कम हो । भारतमा ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० मात्रै खपत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सन् २०१५ मा नेपालमा वार्षिक प्रतिव्यक्ति ६० ‘अण्डा’ खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको पोषण विज्ञ डा गौतम भनाइ छ । १५ प्रतिशत बृद्धि भएपनि यस अवधिमा जनसंख्या बृद्धि ६ प्रतिशत रहेको उहाँले बताउनुभयो । विश्वमा सबैभन्दा बढी चीनमा ‘अण्डा’ उत्पादन हुन्छ भने दोस्रोमा भारत रहेको छ । ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा ‘अण्डा’ उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ थियो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा.रामानन्द तिवारीले ‘अण्डा’ को उत्पादन मात्रै बढाएर नपुग्ने जनाउँदै खपत बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी तवरबाट समेत ‘अण्डा’ को प्रयोग बढाउन प्रचारात्मक काम गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कृषि ऐन जारी गर्न लागिएको छ । यसले किसानका सन्तानलाई छात्रावृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर, कृषक र परिवारलाई यातायातमा छुट जस्तो विषय समावेश गरिएको छ र कृषि पेशालाई गर्व गर्न योग्य बनाईने छ । ”

‘अण्डा’ प्रोटिनको स्रोत : चिकित्सक

सो अवसरमा बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले ‘अण्डा’ प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएको बताउनुभयो । उहाँले ‘अण्डा’ शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन् ।”

एउटा ‘अण्डा’ को पहेँलो भाग समेत खान हुने जनाउँदै उहाँले दुई वर्ष पुगेपछि बच्चालाई ‘अण्डा’ खुवाउन मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो “अण्डाका परिकार बनाउँदा नै दुइ ‘अण्डा’लाई एउटा सम्झेर बनाउनु पर्छ ।”

युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा अशेष भट्टराईले नेपालको ‘अण्डा’ उत्पादन र बजारीकरणमा आफूहरुले सहयोग गर्दै आएको जनाउँदै निजी र सरकारी क्षेत्रको साझेदारीमा मात्रै उत्पादन र खपत बढाउन सकिने बताउनुभयो । ‘अण्डा’ मा हुने गुणका विषयमा आम नागरिकसम्म पु¥याउन उहाँको जोड थियो । सहभागीहरुले विद्यालयका पाठ्यक्रमहरुमा ‘अण्डा’को महत्व समावेश गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने, अण्डाले लागत मूल्य पाउनु पर्ने परिस्थिति सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । रासस