२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व
अ अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ।

मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थाअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानमा प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन्। निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ।

यसअघि असोज २२ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो। निर्वाचन समितिले रातिको समयमा मतदान गराउनुभन्दा बिहान मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित नयाँ समयतालिका सार्वजनिक गरेको थियो।

मतदान सकिएपछि मतगणना सुरु गरिनेछ। सबै पदको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ। यद्यपि मतपरिणाम सार्वजनिक हुने निश्चित समय भने तोकिएको छैन।