१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

महालक्ष्मीको १६ दिने व्रत समापन

महालक्ष्मीको १६ दिने व्रत समापन
अ अ+ अ-

काठमाडौँ। भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अघ्र्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दारिद्र्य नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।

भगवान् शङ्करले यो व्रतविधि देवी पार्वतीलाई बताउनुभएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ ।

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गर्नुभएको महालक्ष्मी व्रतकथामा उल्लेख छ । बिहान, मध्याह्न र साँझ तीन पटक यो स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनाका साथै शत्रुनाश हुने जनविश्वास छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ । रासस