१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर
अ अ+ अ-

इस्लामाबाद। पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ ।

पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्कअनुसार अगस्टको तुलनामा पनि सेप्टेम्बरमा निर्यात १६.१ प्रतिशतले बढेको हो ।

अगस्टमा पाकिस्तानको निर्यात दुई अर्ब ५३ करोड डलर थियो । यसैगरी, सेप्टेम्बरमा पाकिस्तानको आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ ।

गत वर्षको सोही महिनामा आयात पाँच अर्ब ८५ करोड डलर थियो । मासिक आधारमा पनि आयात अगस्टको पाँच अर्ब ८२ करोड डलरबाट ११.५ प्रतिशतले बढेको छ ।

निर्यातभन्दा आयात उच्च रहेपछि सेप्टेम्बरमा पाकिस्तानको व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ । यो गत वर्षको सोही महिनाको तीन अर्ब ३५ करोड डलरको तुलनामा ६.२ प्रतिशत बढी हो ।

तीन महिनामा व्यापार घाटा १० अर्ब ७९ करोड डलर

आर्थिक वर्ष २०२६/२७ को पहिलो तीन महिनामा पाकिस्तानको कुल निर्यात १०.८ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड डलर पुगेको छ । सो अवधिमा आयात भने १३.२ प्रतिशतले बढेर १९ अर्ब २२ करोड डलर पुगेको छ ।

परिणामस्वरूप पहिलो तीन महिनाको व्यापार घाटा १५.१ प्रतिशतले बढेर १० अर्ब ७९ करोड डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तानको तथ्याङ्क विभागका अनुसार सार्वजनिक गरिएको तथ्याङ्क प्रारम्भिक हो। थप भन्सारसम्बन्धी तथ्याङ्क समावेश भएपछि यी आँकडामा संशोधन हुन सक्ने बताइएको छ । (रासस/सिन्ह्वा)