१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले

विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ
अ अ+ अ-

चितवन। राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ ।

यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । पछिल्ला समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा भोजनको जिम्मेवारी सम्हालेपछि उहाँ भोजन व्यवस्थापनका लागि अब्बल बन्नुभएको छ ।

बेलायतबाट सेवा क्षेत्रमा अनुभव हासिल गरेर स्वदेश फर्किएपछि उहाँले काठमाडौँ, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्न सुरुआत गर्नुभयो काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाईसहितको समूह छ ।

उहाँले नेपाली कांग्रेसका दुई महाधिवेशन, एक महासमिति बैठक र यसै वर्ष चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई भोजनको व्यवस्थापन गर्नुभएको छ ।

चितवनको शिवनगरमा २०२४ सालमा जन्मिनुभएका उद्योगी चापागाई चितवनको बालकुमारी क्याम्पसमा उच्च शिक्षा हासिल गरी काठमाडौँ पुग्नुभयो । काठमाडौँमा रहेर चार वर्ष सरकारी सेवामा काम गरेपछि उहाँ २०५३ सालमा बेलायत पुग्नुभयो ।

बेलायतमा रहँदा उहाँ क्याटरिङ तथा होटल व्यवसायमा संलग्न हुनुभयो । त्यहाँको कामका क्रममा भोजन व्यवस्थापन, धेरै सङ्ख्यामा ग्राहकलाई सेवा दिने प्रणाली र क्याटरिङ व्यवसायका विभिन्न पक्षबारे अनुभव हासिल गरेको उहाँले सुनाउनुभयो ।

करिब नौ वर्ष बेलायत बसेपछि २०६२ सालतिर नेपाल फर्किनुभएका उहाँ यहाँ आएपछि व्यवसायमा निरन्तर जारी छ । सुरुमा अस्पताल र घरजग्गामा लगानी गर्नुभएका उहाँले आफूले जानेको सीपलाई उपयोग गर्दै बिदेशबाट फर्किएका पाँच साथीलाई साथमा लिएर पार्टीप्यालेस सञ्चालन गर्नुभयो । उहाँले भन्नुभयो “काठमाडौँमा पहिलो दियालो फुडल्याण्ड, यसपछि अनुपम फुडल्याण्ड सञ्चालनमा ल्याए ।”

यी दुवैमा राम्रो सफलता पाएपछि उहाँले बुटवलमा दुई र भरतपुरमा एउटा दियालो फुडल्याण्ड सञ्चालन गर्नुभएको छ । काठमाडौँको बालाजुमा अर्काे दियालो फुडल्याण्ड र सामाखुशीमा उहाँकै समूहको गोधुली फुडल्याण्ड सञ्चालनमा छ ।

फरक फरक ठाउँमा स्थानीयसमेतलाई ३० प्रतिशत साझेदार बनाएर उहाँले व्यवसाय विस्तार गर्नुभएको हो । यससँगै उहाँले आफ्नो अनुभवलाई ठूला कार्यक्रममा केन्द्रित गर्नुभएको छ । एउटै कार्यक्रममा एक छाकमा पाँच हजारलाई खाना खुवाइसक्नुभएका चापागाई १० हजार जनासम्मलाई भोजनको व्यवस्थापन सकिने बताउनुहुन्छ ।

आफूले अनुपम फुडल्याण्डमा दैनिक तीन हजार पाँच सयसम्मलाई भोजनको व्यवस्थापन गर्न सकिने जनाउँदै उहाँले आफ्नै अन्य पार्टी प्यालेसका सामग्री र जनशक्ति प्रयोग गरेर सहजै भोजन खुवाउन सकिने बताउनुभयो ।

उहाँका अनुसार १० हजार जनाका लागि भोजनको व्यवस्थापन गर्न असाधारण किसिमको पूर्वाधार आवश्यक पर्दैन । भान्सा व्यवस्थापनलाई विस्तार गर्दै जनशक्ति, खाद्य सामग्री र भाँडाकुँडाको पर्याप्त व्यवस्था गर्न सकिएमा ठूलो सङ्ख्यामा भोजन व्यवस्थापन सकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार कार्यक्रममा अपेक्षा गरिएको भन्दा धेरै मानिस सहभागी हुँदा भोजन व्यवस्थापनमा सबैभन्दा बढी दबाब पर्ने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ मानिस बढेपछि समस्या हुन्छ । एकीन मानिस आउँछन् भनेर तयारी गरिएको हुन्छ, तर त्यसमा थप मानिस आएपछि समस्या हुन्छ ।” उहाँले आफ्नो अनुभव सुनाउनुभयो, “छिटो ट्याकल गरेर समाधान गर्नुपर्छ । त्यसका लागि हामीले ब्याकअपको तयारी गरेका हुन्छौँ ।” रासस