१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण



अ+ अ-

बझाङ । छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताए ।

गाउँमा प्रसस्त सिँचाइको सुविधा र जग्गा जमीन हँुदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुक्त खाना नखाने गरेका कारण बालबालिकाको स्वास्थ्यमा समेत असर परेको उल्लेख गर्दै उनले भने,“हामीसँग भएका खाद्य पदार्र्थ उपयोग गर्न नजानेका कारण पनि समस्यामा छौँ । समय समयमा माछा मासु र मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौँ ।

यो अभियान कुपोषण विरुद्धको हो”, गाउँपालिकाका प्रायः सबैजसोले परम्परागत ढङ्गले खेतीपाती गर्दै आएकाले आर्थिक स्थिति नाजुक हुनाका साथै यसले सुत्केरी महिलामा असर पारेकाले यो कार्यक्रम थालनी गरिएको उनले बताए ।घ्यू, अण्डा, दाल खरीद तथा वितरणका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।

“सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरीको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने आशा हामीले लिएका छौँ”, उपप्रमुख जोशीले भने । सो कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप घ्यू,अण्डा र दाल वितरण गरिएको थियो ।यसैगरी गाउँपालिकाले बीउलगायत विभिन्न सामग्री दिन थालेपछि यहाँका बासिन्दा करेसाबारी बनाउन उत्साहित भएको स्थानीयवासी राजेन्द्र खड्काले बताए ।

उनले भने,“करेसाबारी अनिवार्य गर्ने नियमजस्तै भएको छ । अहिले सबैका बारी हरियाली बन्न थालेका छन् ।” यसै कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेती गर्न चाहनेका लागि प्लाष्टिक घर निर्माण, तालीम र कृषि औजारसमेत अनुदानमा दिनका लागि गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको र आगामी पाँचवर्षभित्र गाउँपालिकालाई कुपोषणमुक्त बनाउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।