८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

क्यानभासमा उतारिँदै हिमाली सङ्कट

क्यानभासमा उतारिँदै हिमाली सङ्कट
अ+ अ-

गण्डकी। हिमनदी भत्केर भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा विश्वव्यापी रूपमा उठिरहेको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामासमेत यो विषयले महत्वका साथ प्रवेश पाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभालाई सम्बोधन गर्ने क्रममा आफूले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको र ‘विश्वको छानो भत्कँदै गएको’बारे दिएको चेतावनी स्मरण गर्नुभएको छ ।

महासभामा जलवायु न्यायका लागि नेपालका तर्फबाट आवाज उठाउन प्रधानमन्त्री वालेन्द्र शाह पनि यतिबेला अमेरिकामा हुनुहुन्छ । उहाँले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेको जनधनको क्षतिबारे विश्वसमुदायलाई ध्यानाकर्षण गराउनुहुने जनाइएको छ ।

यही पृष्ठभूमिमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा कास्कीस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा ‘अन्नपूर्ण कला कार्यशाला-२०८३’ आजदेखि सुरु भएको छ । कला कार्यशाला भइरहेको स्थान त्यही हो जहाँ विसं २०८० कात्तिक १४ गते संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस पुग्नुभएको थियो ।

अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे प्रत्यक्ष देखे/बुझेर फर्कनुभएका उहाँले सोही प्रसङ्गलाई संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा उठान गर्नुभएको हो ।

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जलवायु परिर्वतनका कारण हिमनदी भत्कँदा निम्तिएको भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीपछि नेपालले जलवायु न्यायका लागि आवाज उठाइरहेका बेला कला कार्यशालाको विषयवस्तु (थिम) पनि हिमाली क्षेत्रले भोगरिहेको जलवायु सङ्कटमा केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार कार्यशालामा पोखरा, काठमाडौँ र चितवनका गरी १२ जना कलाकार सहभागी छन् ।

“जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई कलामार्फत उजागर गर्ने र सँगै अन्नर्पूण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कला कार्यशाला राखिएको हो”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकारहरूले अन्नपूर्ण आधार शिविरमा पुगेर स्थलगत रूपमा कला सिर्जना गरिरहनुभएको छ ।”

पोखराका कलाकार रमेश श्रेष्ठको नेतृत्वमा रहेको टोली शुक्रबारसम्म कार्यशालामा सहभागी भएर पर्यटकीय गाउँ घान्द्रुक फर्कनेछ । घान्द्रुुकमा पनि दुई दिनसम्म बसेर उक्त टोलीले त्यहाँको प्रकृति, संस्कृति र जनजीवनलाई क्यानभासमा उतार्ने अध्यक्ष गुरुङले बताउनुभयो । चार दिनको पदयात्रापछि आज बिहान मात्र कलाकार आधार शिविर पुगेका छन् ।

कलाकारले जलवायु सङ्कटको असरसँगै अन्नपूर्ण क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पनि कलामा समेट्ने जनाइएको छ । कार्यशालामा सिर्जित कलालाई पोखरा र काठमाडौँमा प्रर्दशन गरिने भएको छ । “कलाकारका सिर्जनाले जलवायु परिवर्तनका कारण हाम्रो हिमाली क्षेत्रले भोगिरहेको असरप्रति सबैको ध्यानाकर्षण गराउनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

कार्यशालामा कलाकार रमेश श्रेष्ठ, केशर गुरुङ, गोपाल दराई, शान्तकुमार श्रेष्ठ, रिकबहादुर गुरुङ, श्रीजन राजभण्डारी, मुकेश श्रेष्ठ, लिलाधर केसी, दामोदर बराल, वरुणबाबु घिमिरे, सुदिन श्रेष्ठ र विश्व केसी सहभागी हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समितिलगायत सङ्घसंस्थाको सहयोग र सहकार्यमा कार्यशाला आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा क्रियाशील उक्त समितिले हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस (जुन ३)मा ‘अन्नपूर्ण म्याराथन’को आयोजना गर्दै आएको छ । ‘सबै मौसमका लागि पर्यटन’को अवधारणासहित घान्द्रुकलगायत क्षेत्रमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् । रासस