८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणलाई बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिनका लागि टोल फ्री नं ११५५ सञ्चालनमा ल्याइएको छ ।

बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा Nepal Weather Forecast  एवं ‘वेबसाइट’हरू hydrology.gov.np र dhm.gov.np बाट नियमित बुलेटिन तथा सूचनाहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधिमा महत्वपूर्ण विस्तार गरेको छ । यही असोज ७ गतेदेखि नै लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको समयावधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ ।

त्यसैगरी, देशभरका स-साना नदीहरूमा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमानको समयावधि पनि एक दिन (२४ घण्टा) बाट बढाएर दुई दिन (४८ घण्टा) सम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।

पूर्वानुमानको समयावधि थपिएसँगै सम्भावित बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ । रासस