८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह
अ+ अ-

बागलुङ। जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद्का लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न पनि सबैमा अनुरोध गरेको छ ।

प्रशासनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै विद्मा आवश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा ठूला उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा आजदेखि असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको विशेष मौसम बुलेटिन जारी गरेपछि बागलुङ जिल्ला पनि जोखिममा रहेकाले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेर जिल्लामा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि सूचना जारी गर्ने तथा सबै सुरक्षा निकायले खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

जोखिमयुक्त वस्तीमा पूर्वसतर्कता अपनाउन सबै स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गर्ने, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन स्थानीय तह र स्थानीय प्रहरी इकाइमार्फत अनुरोध गर्ने, भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा सूचना प्रवाह गर्ने, साथै जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

उहाँका अनुसार बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र एवम् एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई विपद् उद्धार सामग्री र सडक अवरोध हटाउने उपकरण (जेसिबी/एक्साभेटर) निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । रासस