८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय
अ+ अ-

कर्णाली।  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिनुभयो ।

बैठकले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार, एघारौँ तह वा सो सरहको पदमा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ । उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खड्काले बताउनुभयो ।

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।  रासस