काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का दुई वटै वाइडबडी ग्राउन्डेड भएको छ । दुई वटै वाइडबडी ‘ग्राउन्डेड’ हुँदा उडान तालीका अस्तव्यस्त बनेको छ ।
नेवानिका एक पाईलटका अनुसार एउटा वाइडबडी इन्जिनमा समस्या आएपछि बिगत ४०-४५ दिन देखी इटालीमा रहको छ आएर अहिलेसम्म लिन जान सकिएको छैन। अर्को वाइडबडी काठमाडौँ-नारिता उडानका क्रममा इन्जिनमा अस्वभाबिक आबाज आए पछि मर्मतका लागि उतै ग्राउन्डेड भएको छ । उहाँका अनुसार जापानमा जाँदाखेरि अगाडिको इन्जिनको फ्यान ब्लेड नै बाँगिएर भित्र इन्जिनमा असर गरेको छ।
इन्जिन निर्माता कम्पनी रोल्स रोयसले त्यसमा केही थप काम गर्नुपर्ने बताएकाले ढिलाइ भएको छ र अझै केही साता सो बिमानमा जापानमा नै रहने छ ।








