३० भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालको रिक्त शिक्षक पदमा उहाँकी श्रीमतीलाई नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता भएको र हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार दंगाल परिवारको मुख्य आयस्रोत हुनुहुन्थ्यो। उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको भन्दै सांसद भण्डारीले दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको जानकारी दिनुभयो।

उहाँले प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी दंगालको रिक्त शिक्षक पदमा उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो।

सांसद भण्डारीले भोटेकोशी बाढीमा दंगालजस्तै धेरै पेशाकर्मी बेपत्ता भएको उल्लेख गर्दै उनीहरूका परिवारलाई राज्यले विशेष संरक्षण र सहयोग दिनुपर्ने बताउनुभयो। बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने विशेष व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।

‘द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस्,’ उहाँले भन्नुभयो।

विपत्तिमा परिवारका सदस्य गुमाएका परिवारलाई राज्य उनीहरूको साथमा रहेको अनुभूति गराउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको सांसद भण्डारीले बताउनुभयो।