३० भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न कांग्रेसको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद्पछिको अवस्थाबारे संसदीय उच्चस्तरीय समिति गठन गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

भेटमा नेता आङ्देम्बेले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले राहत व्यवस्थापनदेखि प्रभावितको पुनःस्थापनासम्मका कामलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन संसदीय समितिमार्फत सरकारका कामको अनुगमन र समन्वय आवश्यक रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनमा राज्यका सबै निकाय र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको भन्दै उहाँले संसदीय उच्चस्तरीय समिति गठन गर्नु सरकारको विपक्षमा उभिनु नभएको स्पष्ट पार्नुभयो । सरकारका कामलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन संसदीय निगरानी आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्था, सुरक्षित पुनःस्थापना र राहतका लागि प्राप्त सहयोगको सदुपयोगबारे समितिले अनुगमन गर्नुपर्ने बताउनुभयो । प्रभावितलाई नयाँ बस्तीमा कहाँ र कसरी सुरक्षित रूपमा बसोबास गराउने भन्ने विषयमा पनि जिम्मेवारीपूर्ण र पारदर्शी ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता आङ्देम्बेले सर्वदलीय बैठकमा विपत्तिपछि सर्वदलीय ढंगबाट अनुगमन गर्ने, आवश्यक निर्देशन दिने, पारदर्शिता कायम गर्ने तथा पुनःस्थापनाको कामलाई गम्भीरतापूर्वक अघि बढाउने निर्णय भए पनि त्यसअनुसार समिति गठन हुन नसकेको बताउनुभयो ।

उहाँले विपत्तिको समयमा राज्य पीडितको साथमा रहेको अनुभूति दिलाउन पनि संसदीय उच्चस्तरीय समिति आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । संसद्को नियमावली र कार्यतालिकाअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम भएकाले यसलाई तत्काल सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभामुख अर्याल यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारीबारे जानकारी गराएको नेता आङ्देम्बेले बताउनुभयो ।

भेटका क्रममा उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे पनि सभामुखलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रीय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने तय भएको छ ।