२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता



फाइल फोटो
अ+ अ-

कास्की। ढल्किदो उमेरमा खेलकुदतर्फको आकर्षण बढाउने उद्देश्यले पोखरामा प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गुरुङ–मगर समाजको आयोजनामा स्थानीय पातीघारी खेल मैदानमा आगामी असोज १ देखि ४ गतेसम्म खुला प्रौढ भलिबल प्रतियोगिता सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै टोलीले सहभागिता जनाउने खेल संयोजक सन्दीप थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पुरुषतर्फ १७ र महिलातर्फ ११ टोली दर्ता भइसकेका छन् । दर्ताको अन्तिम समयसम्म पुरुषतर्फ २५ र महिलातर्फ २० टोलीको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा देशका जुनसुकै स्थानबाट टोलीले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४० वर्ष र महिलातर्फ ३० वर्ष उमेर पूरा भएका खेलाडीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

पुरुषतर्फको विजेता टोलीले रु एक लाख एक हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु ६१ हजार तथा तृतीय हुने टोलीले रु ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ विजेता टोलीले रु ५१ हजार, उपविजेताले रु ३१ हजार र तृतीय हुने टोलीले रु १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका कोषाध्यक्ष सूर्य पुर्जा मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र स्पाइकरलाई नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ रु सात हजार र महिलातर्फ रु चार हजार ५०० दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिता सञ्चालनका क्रममा हुने आम्दानीबाट खर्च कटाएर बचत भएको रकममध्ये केही रकम स्थानीय सरकारमार्फत भोटेकोशी बाढी प्रभावितको सहयोगमा उपलब्ध गराइने खेल संयोजक मगरले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ भने विभिन्न सहयोगदाता तथा संस्थाबाट रु १२ लाख ५० हजार सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।

समाजका अध्यक्ष युग गुरुङले गुरुङ–मगर समाजले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताले प्रौढ उमेरका व्यक्तिलाई समेत खेलकुदमा सक्रिय बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । “भलिबल खेलको विकास, संरक्षण र प्रवर्द्धनसँगै स्थानीयस्तरमा खेलकुदको वातावरण निर्माण गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।  रासस