२६ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के



अ+ अ-

काठमाडौँ । जलवायु विज्ञ अरिनिता मास्केले जलवायू परिवर्तनको कारण सिर्जित विपद् र त्यसको असरका बारेमा नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी आवाज उठाउन नसकेको बताउनुभएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले जलवायु न्यायका लागि नेपालले अन्तराष्ट्रियस्तरमा आवाज उठाएपनि प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।

उहाँले नेपालले पर्याप्त प्रमाण संकलन गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षति, आवश्यकता र माग स्पष्ट रुपमा माग गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा मेलम्ची बाढीपछि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा त्यसबारे प्रस्तुत गरेपनि पर्याप्त ‘होमवर्क’ नहुँदा प्रभावकारी बन्न नसकेको उहाँको भनाई छ ।

आगामी कोप तथा नोभेम्बरमा हुने यून–वाटर कन्फ्रेन्स जस्ता अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट प्रमाणसहित क्षतिपुर्ति माग गर्न उहाँले सुझाव दिनुभयो । नेपालले जलवायु न्यायका लागि मुख्यतः वित्तीय सहयोग, राष्ट्रिय क्षमता तथा सीप विकास र प्रविधि हस्तान्तरणलाई प्राथमिकताका साथ उठाउनुपर्ने उहाँको भनाई छ ।

विपद्का कारण भौतिक पूर्वाधारमा मात्रै नभई जीविकोपार्जन, मानसिक स्वास्थ्य तथा सीपलगायत गैर–आर्थिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिको मूल्यांकन उद्धार तथा राहतसँगै भविष्यमा विपद् सामना गर्न सक्ने राष्ट्रिय क्षमता र दक्ष जनशक्ति विकासलाई पनि जलवायु न्यायको मागका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो कलेक्टिभ एक्सरसाइज भएको छैन । हामी कोपमा जान्छौँ, यूएन वाटर अथवा अरू कुनै अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि त्यहाँ हाम्रो आवाज कसरी प्रभावकारी रूपमा उठाउने भन्ने विषयमा हामी अलिकति चुकिरहेका छौँ । जस्तो, रुसुवा घटनापछि पनि हामीले एउटा वक्तव्य दियौँ । मेलम्ची घटना भएकै वर्षमा हामीले कोपमा मेलम्चीको बारेमा प्रस्तुत ग¥यौँ । तर त्यसको पर्याप्त तयारी र समन्वय भएको थिएन । नेपालका सबै सम्बन्धित पक्षबीच पनि पर्याप्त समन्वय भएको थिएन । हामीले कसरी प्रस्तुत गर्ने, हाम्रो एजेन्डा कसरी लैजाने भन्ने कुरामा पर्याप्त तयारी गर्न सकेनौँ । अब अहिलेको अवस्थामा त्यो दोहोरिनु हुँदैन । ठूलो विपद् हामीकहाँ आएको छ, यो विपद् मानवीय, आर्थिक र सामाजिक सबै हिसाबले विश्वको ध्यानमा परिरहेको छ । त्यसैले यसलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता देखिएको छ । एजेन्डा त धेरै छन्, तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा एउटा राम्रो तयारी र समन्वय गर्नुपर्ने आवश्यकता एकदमै देखिएको छ । यसका लागि दुईवटा महत्वपूर्ण अवसर छन्। एउटा कोप हो भने अर्को यूएन–वाटर सम्मेलन हो । त्यसमा हाम्रो प्रयास के हुनुपर्छ भने नेपाललाई ‘डेडिकेटेड स्पेस’ दिनुपर्छ । डेडिकेटेड सेसन, डेडिकेटेड स्पेस हामीले माग्नुपर्छ र पाउन पनि सक्छौँ । किनभने अहिले सबैको ध्यान नेपालतर्फ छ र सबैले सहयोग गर्न खोजिरहनुभएको छ । त्यसैले ‘क्लाइमेट जस्टिस’ कै हिसाबले ‘क्लाइमेट चेन्ज’को असर नेपालमा कसरी परेको छ भन्ने विषयलाई हामीले अगाडि बढाउन सक्छौँ । त्यसका लागि प्रभावकारी रूपमा पहल गर्न सक्यौँ भने, क्लाइमेट जस्टिसका हिसाबले हाम्रो प्रयास र हामी के चाहन्छौँ भन्ने कुरालाई स्पष्ट रूपमा प्रस्तुत गरेर जान पायौँ भने सायद त्यसबाट हामीले केही महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्छौँ । हामीले यति क्षति भयो भनेर भन्न सक्छौँ, त्यसमा आर्थिक र गैर–आर्थिक क्षतिको कुरा आउँछ । आर्थिक क्षतिमा हामीले अहिलेसम्म पूर्वाधारको क्षति आदिको कुरा गरिरहेका छौँ । तर गैर–आर्थिक क्षतिमा जीविकोपार्जनदेखि लिएर मनोसामाजिक प्रभावहरू, सामाजिक संरचनामा परेको असर, विभिन्न किसिमका क्षति र असरहरू भएका छन् । त्यसलाई हामीले कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण छ । दोस्रो भनेको हामीले भविष्यलाई हेरेर माग गर्नुपर्ने कुरा हो । अहिले जे भयो, त्यसलाई हामी सम्बोधन गर्न खोजिरहेका छौँ । तर भोलि यस्तै घटना अरू ठाउँमा पनि हुन सक्छ । यही रसुवाको केस अरू ठाउँमा पनि हुन सक्छ । त्यसका लागि हामीलाई राष्ट्रिय क्षमता र पूर्वतयारी चाहियो । विदेशका विभिन्न विज्ञ र विशेषज्ञहरू हामी अहिले ल्याइरहेका छौँ । तर त्यही क्षमता र विशेषज्ञता नेपालमै विकास हुनुपर्छ । विभिन्न देशहरूले अहिले हामीलाई उपलब्ध गराइरहनुभएको विशेषज्ञता र प्राविधिक सहयोग दीर्घकालीन रूपमा नेपालमै विकास गर्न सक्नुपर्छ । त्यसपछि तत्कालीन रूपमा प्रतिक्रिया दिन सक्ने क्षमता पनि विकास हुन्छ । तेस्रो कुरा विभिन्न प्रविधि र प्रविधिमा आधारित सहयोग हो । हामी ‘क्लाइमेट–रेजिलिएन्ट टेक्नोलोजिज’ भन्छौँ । नेपालको सन्दर्भमा कस्ता प्रविधिहरू आवश्यक छन् भन्ने पहिचान गरेर अन्तर्राष्ट्रिय विकास साझेदार, सहयोगी संस्था र सहयोगी देशहरूबाट त्यस्तो प्राविधिक सहयोग माग्नुपर्छ ।’

बैठकमा सहभागी विज्ञहरुले विपद्सम्बन्धी न्यायको लागी नेपाल लगायत विपद जोखिम देशहरुको एउटा आवाज बनाउन पहल गर्न सुझाव दिए । आगामी दिनमा विपद्जन्य जोखिम न्युनिकरणको लागी पुर्वसुचना प्रणाली लगायतका पुर्वतयारी गर्न आग्रह गरे । साथै उनीहरुले रसुवा बाढीको पुननिर्माण जलवायू मैत्री बनाउन पनि सुझाव दिए ।