२६ भाद्र २०८३, शुक्रबार
,
Latest
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा बाढी प्रभावित जनसंख्याको प्रारम्भिक आँकलन गरिएको जानकारी दिनुभएको हो।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको बताउनुभयो। हालसम्म अन्य गम्भीर स्वास्थ्य समस्या देखिएको जानकारी नआएको उहाँले स्पष्ट पार्नुभयो।

सचिव देवकोटाले विपद्बाट स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पाठ सिकिएको भन्दै आगामी दिनमा निर्माण हुने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो। भौगोलिक अवस्था र तापक्रमअनुसार स्वास्थ्य संरचना निर्माणको अवधारणा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

“अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आँकलन हो। प्रदेश सरकार र हाम्रा विभिन्न संयन्त्रमार्फत तथ्यांक संकलन गरिएको हो। केही तलमाथि हुन सक्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार प्रभावित क्षेत्रमा परेला रोगलगायतका स्वास्थ्य समस्या देखिएको भन्ने विषयमा जानकारी आए पनि त्यस्ता बिरामी भने फेला परेका छैनन्। हालसम्म झाडापखालाका २५ जना बिरामी भेटिएका छन्।

सचिव देवकोटाले अब निर्माण हुने स्वास्थ्यसम्बन्धी भवन तथा संरचनालाई ‘जलवायु उत्थानशील संरचना’ (क्लाइमेट रेजिलेन्स स्ट्रक्चर) का रूपमा विकास गर्नुपर्ने बताउनुभयो। अत्यधिक गर्मी हुने र चिसो हुने स्थानका लागि भवन निर्माणको डिजाइन तथा संरचना फरक हुनुपर्ने उहाँको भनाइ छ।

त्यसैगरी, स्वास्थ्य संरचना निर्माण गर्दा भविष्यमा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न भएमा नागरिकले सहज रूपमा सेवा पाउन सक्ने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्ने उहाँले बताउनुभयो।

मन्त्रालयले विपद्पछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि जलवायु उत्थानशील संरचनासहितको मास्टरप्लान तयार गरिरहेको जानकारी दिँदै सचिव देवकोटाले उक्त योजना पूरा भएपछि समितिमा प्रस्तुत गर्ने बताउनुभयो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै