२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान



अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

बोर्डका अनुसार मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेका र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। प्रचलित कानूनबमोजिम उम्मेदवार हुन अयोग्य नरहेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदनसँग उम्मेदवारले आफ्नो योग्यता प्रमाणित गर्ने कागजात, नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि प्रस्तावित रणनीतिक कार्ययोजना तथा आफूले काम गरेको संस्था वा संगठनमा आफ्नै प्रयासबाट हासिल गरेका उल्लेख्य उपलब्धिको प्रतिवेदन पेश गर्नुपर्नेछ।
रणनीतिक कार्ययोजना तीन हजार शब्दभन्दा नबढ्ने र उपलब्धिको प्रतिवेदन एक हजार शब्दभन्दा नबढ्ने गरी तयार गर्नुपर्ने बोर्डले जनाएको छ। सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृतिपत्रसमेत पेश गर्नुपर्नेछ।

सीईओ पदका लागि आवेदन दस्तुर १५ हजार रुपैयाँ तोकिएको छ। उक्त रकम नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक, तीनधारा शाखामा रहेको खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै पेश गर्नुपर्नेछ।

आवेदन नेपाल पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ। त्यस्तै, आवश्यक कागजात संलग्न गरी इमेलमार्फत पनि आवेदन दिन सकिने बोर्डले जनाएको छ। इमेलबाट आवेदन दिने उम्मेदवारले बैंक भौचर र प्रमाणित कागजातको प्रतिलिपि प्रस्तुतीकरणका क्रममा उपलब्ध गराउनुपर्नेछ।

बोर्डले छनोट प्रक्रियाका विभिन्न चरणका सूचना आफ्नो वेबसाइटमार्फत प्रकाशन गर्ने जनाएको छ।




भर्खरै