२६ भाद्र २०८३, शुक्रबार
,
Latest
आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्पडेस्क राख्न निर्देशन राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’ नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग गरे छलफल नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक : सीएनआई अध्यक्ष पाण्डे भोटेकोशी बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्षसम्म कर छुट दिन महासंघको माग मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वदेशी कृषि उत्पादनको प्रयोग बढाउन राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

जुम्लाको अर्गानिक स्याउका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ऋषिराम पाण्डेलाई धन्यवाद दिँदै भट्टराईले नेपालमा उत्पादित कृषि उपजले बजार नपाउने तर ठूलो रकम खर्च गरेर विदेशी कृषि उत्पादन आयात गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले गत वर्ष नेपालले करिब ४ खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको उल्लेख गर्दै त्यसमा फलफूलको आयात मात्रै २१ अर्ब रुपैयाँ बराबर रहेको बताएका छन् । फलफूल आयातमा मात्रै स्याउको हिस्सा १० अर्ब ५५ करोड रुपैयाँ रहेको उनको भनाइ छ ।

उनले जुम्ला, हुम्ला, मुस्ताङ, मनाङलगायतका जिल्लामा उत्पादन हुने स्वदेशी स्याउले बजार नपाइरहेको अवस्थामा विदेशी स्याउ आयातमा ठूलो रकम खर्च भइरहेकोप्रति प्रश्न उठाएका छन् ।

‘एकातिर हाम्रै देशमा उत्पादित स्याउले बजार पाइरहेका छैनन् भने अर्कोतिर हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बगाएर पठाएको रेमिटेन्स खर्चेर विदेशी स्याउ भित्र्याइरहेका छौँ,’ भट्टराईले भनेका छन् ।

देशलाई समृद्ध बनाउन राजनीति सँगसँगै अर्थनीतिमा पनि आमूल परिवर्तन आवश्यक रहेको उनले बताएका छन् । राज्यले अत्यावश्यक खाद्यवस्तु र ऊर्जामा आत्मनिर्भर हुने नीति लिनुपर्ने तथा नागरिकस्तरबाट पनि स्वदेशी उत्पादन प्रयोग गर्ने बृहत् राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ ।

भट्टराईले आफू प्रधानमन्त्री रहेकै समयदेखि स्वदेशमै उत्पादित जुत्ता मात्रै प्रयोग गर्ने अठोट गरेको र त्यसलाई निरन्तरता दिइरहेको बताएका छन् । औपचारिक कार्यक्रममा स्वदेशमै बनेको अल्लोको कोट–पाइन्ट लगाउने अठोटसमेत पालना गरिरहेको उनले उल्लेख गरेका छन् ।

उनले आम नागरिकलाई पनि दैनिक उपभोगमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ‘हामी सबैले कम्तीमा किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला?’ भट्टराईले प्रश्न गरेका छन् ।

जुम्लाको स्याउ काठमाडौंमा वितरणका लागि भद्रकालीमा केन्द्र राखिएको जानकारीसमेत उनले दिएका छन् ।