२४ भाद्र २०८३, बुधबार
,
Latest
राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताउनुभएको हो ।

कोईरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गर्नुभयो । तर सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ । यो अधिवेशनलाई सफल पारौँ । यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो । लोकतन्त्रको सफलता हो । हामीले बनाएको संविधानको सफलता हो । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु । तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ । यसैमा हाम्रो भलाई छ ।’

पार्टीभित्रको अवस्थाप्रति भने उहाँले चिन्ता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल