२४ भाद्र २०८३, बुधबार
,
Latest
राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । भोटेकोशी  बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उ

हाँले पछिल्लो समय विश्वभर तापक्रम बढिरहेको, समुन्द्री सतहसमेत उक्लिँदै गएको र ग्लोवल वार्मिङका कारण विभिन्न स्थानमा ठूला प्राकृतिक दुर्घटना भइरहेको बताउनु भयो ।

नेपालमा समेत यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेको उहाँको भनाइ छ । देउवाले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्युनिकरणका लागि विश्वव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताउनुभ यो । उहाँले हिमालमा हिउँ घट्दै जानु जलवायु परिवर्तनको गम्भीर संकेत भएको बताउनु भयो ।

देउवाले भन्नुभयो, ‘ अस्तिको पहिरो र बाढीका कारण चितवनदेखि काभ्रेपलाञ्चोकसम्म ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु । आज जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण संसारभरि प्राकृतिक विपद् बढिरहेका छन् । तापक्रम र समुन्द्री सतह बढिरहेको छ, त्यसको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ । हाम्रा हिमालहरूमा हिउँ घट्दै गएको छ, कतिपय हिमाल काला देखिन थालेका छन् । त्यसैले नेपालले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी अभियानमा अझ सक्रिय भुमिका खेल्नुपर्छ । नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई जलवायु संकटबाट जोगाउन हामी सबैले मिलेर काम गर्नुपर्छ ।’

देउवाले जलवायु परिवर्तनबाट नेपाललाई जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल र अभियान आवश्यक रहेकोमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल