२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन



फाइल फोटो
अ+ अ-

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्रहीको समस्यामा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा ‘प्रदेश अस्पताल सुर्खेतका निर्देशक तथा विभागीय प्रमुखसँग अस्पताल सेवा सुदृढीकरण’का विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले अस्पतालका बहिरङ्ग तथा अन्तरङ्ग सेवा प्रवाह र भएका समस्याका बारेमा बाहिर धेरै गुनासा आएको बताउँदै ती गुनासा तथा समस्यालाई सम्बोधन गर्ने गरी सेवालाई छरितो र प्रभावकारी बनाउनतर्फ ध्यान दिन सुझाउनुभयो ।

गत आर्थिक वर्ष २०८२÷८३ मा ओपिडीबाट मात्र दुई लाख हजार सेवाग्राहीलाई सेवा दिएको भन्दै मुख्यमन्त्री शाहीले अस्पताल परिवारलाई धन्यवाद दिनुभयो ।

कर्णाली प्रदेश सरकारको गौरवको स्वास्थ्य संस्थाको गरिमालाई माथि उठाउने र उपलब्ध सेवालाई सहज एवं प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशक तथा विभागीय प्रमुखलाई मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । अस्पतालमा जनशक्ति, उपकरण र सुविधामा भएको कमी र पूर्ति गर्ने मामिलामा प्रदेश सरकारको आवश्यक सहयोग हुने उहाँले बताउनुभयो ।

प्रदेश सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बिरामीलाई पुनःजन्म दिलाउने समक्ष मानव पूँजीका रूपमा चिकित्सक तथा स्वास्थ्यकर्मी नै रहेको उल्लेख गर्दै प्रदेश सरकारको स्वास्थ्य सम्पतिका रूपमा स्थापित प्रदेश अस्पतालका सेवा प्रवाहका बारेमा अनपेक्षित जनगुनासा आउनुले गम्भीर बनाएको बताउनुभयो ।

स्वास्थ्य बीमा, विशेषज्ञ सेवा, उपकरण सञ्चालन, सेवाग्रहीप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले गर्ने व्यवहारका बारेमा सुनिएका गुनासा, उठेका प्रश्न र राखिएका जिज्ञासाको समुचित सम्बोधन गरी सेवाको गुणस्तरीयता र प्रभावकारिता कायम राख्ने वातावरणको सिर्जना गर्न सक्नु नै ठूलो सफलता भएकोले त्यसमा कटिबद्ध भएर लाग्न अस्पताल पदाधिकारी तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री मल्लले सामाजिक विकास मन्त्रालयले यस वर्ष कर्णालीमा सम्पन्न हुने दशौैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन र सहजीकरणका लागि आवश्यक तयारी गर्न समन्वयात्मक बैठक काठमाडौँमा बस्न लागेको बताउनुभयो । रासस