२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भए–नभएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद केसीले गत वर्ष भएको जेन–जी आन्दोलन सरकार परिवर्तनका लागि नभई राज्य सञ्चालनको संस्कार र सरकारको शैली परिवर्तनका लागि भएको बताउनुभयो ।

उहाँले जेन–जी आन्दोलन कुनै दल विशेषको आन्दोलन नभएको उल्लेख गर्दै आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद केसीले जेन–जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न आफूहरू सफल भए–नभएको विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलन कुनै दल विशेषको थिएन । यो आन्दोलन सरकार परिवर्तनको लागि नभई संस्कार परिवर्तनको लागि थियो । सरकारको शैली परिवर्तनको लागि थियो । मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यको लागि थियो । जुन राज्य र समाज जेनजी पुस्ताले परिकल्पना गरेको थियो । वास्तवमा हामीले त्यो पूरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ ।’

सांसद केसीले अहिले मुलुकमा मल र ग्यासको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । उहाँले चारैतिर हाहाकारको अवस्था देखिएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

प्राकृतिक विपद्को सामना गर्न पनि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धारमा केही कमजोरी भए पनि सरकारले गरेको कामलाई राम्रो मान्नुपर्ने बताउँदै उहाँले टनेलमा फसेका नागरिकको उद्धारमा भने थप सुधार र प्रभावकारिता आवश्यक रहेको बताउनुभयो ।

‘अहिले चारैतिर हाहाकारको स्थिति छ । मलको हाहाकार, ग्यासको हाहाकार । तर अहिले यो समयमा हामी सबै एकै ठाउँमा उभिएर अहिले हामी सामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयो ।

रसुवाको भोटेकोशी बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी ढंगले काम गर्नुपर्नेमा सांसद केसीले जोड दिनुभयो।