२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । यसै महिनामा पुल निर्माण सकिएपछि आवतजावतका लागि खुला गरिएको छ ।

अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतका लागि यात्राअवधि छोटिनुका साथै पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरी गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं.–३ फलियागाँउ र दर जोड्ने दरखोला माथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यो सहित हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुुङ्गे पुलको संख्या सात वटा पुगेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् । रासस