२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः धनगढी नगर प्याब्सनको सहयोग



अ+ अ-

धनगढी। भोटेकोशी बाढीको कारण प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले रु २८ लाख ६१ हजार १० सहयोग गर्ने भएको छ ।

धनगढी नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालय, विद्यालय व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन भएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिनेछ ।

धनगढी नगर प्याब्सनका अध्यक्ष धु्रबबहादुर सिंहले प्राकृतिक विप्दको समयमा सहयोग गर्नु उच्च मानवीय दायित्व भएको बताउनुभयो ।

सङ्कलित रकम प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डितमार्फत जिल्ला कार्यसमिति हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।

सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।