२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आयोजना गर्न राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराइदिन अनुरोध गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले भाद्र २३ गते राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाउँदै आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने १५औँ महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म राष्ट्रिय सभा गृहका ती संरचना बुकिङ गरिदिन आग्रह गरेको हो।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पठाएको पत्रमा महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि ६ दिनसम्म प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा आवश्यक रहेको उल्लेख गरिएको छ।

महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न राष्ट्रिय सभा गृहको कार्यालयबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ।