२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो



अ+ अ-

काठमाडौं । रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीपहिरोमा परी हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको जनाएको हो।

प्राधिकरणका अनुसार चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्ग फेला परेका छन्।

फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

विपद्पछिको उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी रहेका छन्।

उद्धार तथा राहतका लागि हेलिकप्टरमार्फत समेत निरन्तर काम भइरहेको छ। नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान गरेका छन्।

विस्थापित नागरिकलाई रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।

सरकारले प्रभावित जिल्लाका लागि राहत रकमसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रभावित क्षेत्रमा आवश्यक इन्धन तथा ग्यास आपूर्ति पनि गरिएको छ। हालसम्म ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास प्रभावित क्षेत्रमा पठाइएको छ।

विपद्बाट प्रभावित नागरिकको मनोसामाजिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिरहेको छ।

विद्युत् आपूर्तितर्फ पनि क्रमशः सुधार भइरहेको छ। धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ।