२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरिएको हो ।

धनुष्टङ्कार (टिटानस) ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो । टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख छ ।