काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको हित तथा कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा संकल्प गर्न लाग्नु भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले मंगलबार बिहान ७ बजे भगवान पशुपतिनाथको विशेष पूजा गर्ने कार्यक्रम रहेको छ।
पूजाका क्रममा राष्ट्रपति पौडेलले देशमा शान्ति, समृद्धि र जनताको सुख–समृद्धिका लागि संकल्प गर्ने कार्यक्रम रहेको जनाइएको छ।









