२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



अ+ अ-

कञ्चनपुर।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै कञ्चनपुरका तीन पालिकामा भारी वर्षाको सम्भावना रहेकाले तयारी अवस्थामा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जोखिम कायम रहेको जनाएको छ ।

बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्याक्ति सुनिल चन्दले पालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “नगर प्रहरी, वडाध्यक्षलाई तयारी अवस्थामा रहन भनेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री तयारी अवस्थामा राखेका छाँै ।”

दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।

कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ । महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङले  साँझ ५ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव प्रति सकेन्ड एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ ।  रासस