• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

पोखरीमा डुबेर युवकको मृत्यु



सांकेतिक तस्विर

सप्तरी । राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका हुन् । पोखरीमा स्वयं हामफालेर डुबेको कुरा उनकै २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी आज बिहान शव निकालेको प्रनाउ मिश्रले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।