२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी



अ+ अ-

काठमाडौं । पार्सका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन् ।

वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि रु दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुभएको छ ।

साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि रु एक लाख ५५ हजार ५५३ सहयोग गरेको छ । भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले पनि आफ्ना नेपाली विद्यार्थी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत सङ्कलन र आर्थिक सहयोग अभियान सुरु गरेको छ ।

नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले कुल रु ९५ हजार ७८३ सहयोग गरेका छन् ।