२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ। शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लेख्नुभएको पुस्तक शनिवार काठमाडांैमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

पुस्तकले २००७ सालदेखि शुरु भएका शिक्षक संगठनको विकासक्रमदेखि २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन र हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा प्रश्तुत गरेको छ ।

कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनको इतिहास लामो समयसम्म व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार नेपालमा शिक्षक संगठनहरू २००७ सालदेखि गठन हुन थालेका थिए भने २०३६ सालदेखि संगठित रूपमा शिक्षक आन्दोलन अगाडी बढेको थियो ।

छरिएर रहेर बसेको शिक्षक आन्लोदनको इतिहासलाई आफूले अभिलेखीकरण गरेको उहाँले जानकारी दिनुभयो । कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरेर पुस्तक तयार पारेको उहाँले जानकारी दिनुभयो ।

शिक्षक आन्दोलनसँग जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उहाँको भनाई छ । इतिहास लेख्दा व्यक्तिगत प्रतिष्ठाभन्दा तथ्य र आधिकारिकतालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । पुस्तकमा आधिकारिक रूपमा प्रमाणित भएका तथ्य मात्र समेटिएको र छुटेका विषय प्रमाणित भएमा आगामी संस्करणमा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म दस्तावेजीकरण भएको रहेनछ । अब यो ३६ सालदेखि सङ्गठित आन्दोलन सुरु भो । सङ्गठनहरू ७ सालबाट सुरु भए, तर ३६ सालदेखि ८३ सालसम्म आउँदा यसको अभिलेखीकरण नहुनु त हामी सबैका लागि पीडाको कुरा हो । दस्तावेजीकरण गर्दा रहेनछौँ । इन्स्टिच्युसनल मेमोरी हाम्रो रहेनछ, यो खोज्न यति गाह्रो प¥यो कीर्तिपुरको सेन्ट्रल लाइब्रेरीमा कति दिन पत्रिका पल्टाएर, गोरखापत्र, पुराना पत्रिका पल्टाएँ । दुःखको के कुरा भने त्यहाँ पक्कै जानेबुझेकै मान्छे पढ्न जान्छ, तर बीच–बीचबाट काटेर लिएर गएको छ, त्यो पत्रिका । मलाई साह्रै दुःख लाग्यो । एउटा बौद्धिक मान्छेले त्यस्तो गर्नु हुँदैन । विभिन्न सँगसँगै भएका स्मारिकाहरू, सङ्गठनसँग भएका स्मारिकाहरू, अरू स्मारिकाहरू खोजेँ । पुराना नेताहरूसँग व्यक्तिगत मोबाइलमा रेकर्ड गरेर अन्तर्वार्ताहरू पनि लिएँ । जे कुरा त्यहाँ लेखेको छु, आधिकारिक कुरा मात्रै समावेश भएको छ । त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो एडिसनमा अवश्य हामी समावेश गर्नेछौँ । त्यसमा केही समस्या छैन ।’

कार्यक्रममा पुस्तकको समिक्षा गर्दै पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकार कहिल्यै उदार नदेखिएको बताउनु भयो ।

उहाँहरुले सरकारले शिक्षकसंग गरेका सम्झौताहरु कहिल्यै कार्यन्वयन गर्न चासो नदेखाएको आरोप लगाउनु भयो । शिक्षकहरुप्रति सरकारले गरेका व्यवहारको कारण शिक्षण पेशामा मान्छेहरुको अरुची बढ्दै गएको उहाँहरुको भनाई छ । –न्युज एजेन्सी नेपाल