२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघिय सरकारले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिएको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले प्रदेश सरकार गठन भएको लामो समय भईसक्दा पनि संघीय सरकारले पर्याप्त अधिकार दिन कन्जुस्याँई गरेको बताउनुभएको हो ।

उहाँले कतिपय प्रदेशमा रहेका अधिकारलाई संघिय सरकारले आफू मातहतमा नै लगेको आरोप लगाउनु भयो । प्रदेश सरकारलाई सिमित अधिकारमा राखेर संघीयता कार्यान्वयन हुन नसक्ने उहाँले बताउनु भयो ।

पर्याप्त अधिकार नदिएमा प्रदेश सरकार राख्नुको कुनै औचित्य नहुने उहाँको भनाई छ । प्रदेश सरकारको भुमिका मुख्यतः बजेट विनियोजन, कर संकलन तथा मन्दिर, सडक र खानेपानीजस्ता पूर्वाधार निर्माणमा सीमित भएको उहाँले बताउनु भयो ।

संघीय सरकारबाट प्रदेशमाथि निरन्तर हस्तक्षेप भइरहेको उहाँको आरोप छ । उहाँले पर्यटन क्षेत्रको सम्पुर्ण अधिकार संघीय सरकारकै नियन्त्रणमा रहेको बताउनु भयो ।

मन्त्री प्रजापतीले प्रदेशले वितरण गर्दै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा पनि संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाउनु भयो । प्रदेशमा सञ्चालन भइरहेको सफ्टवेयर प्रणाली परिवर्तन गरी संघीय सरकारले नयाँ प्रणाली लागू गरेको उहाँको दाबी छ ।

बागमती प्रदेशले सञ्चालन गर्दै आएको लाइसेन्ससम्बन्धी सफ्टवेयर व्यवस्थित रूपमा चलिरहेको अवस्थामा संघीय सरकारले उक्त प्रणाली लिएर सातवटै प्रदेशमा लागू गर्ने क्रममा समस्या देखिएको बताउनु भयो । नयाँ प्रणालीमा भुक्तानी रकम र नामसमेत फरक देखिने तथा एउटा प्रदेशमा भरिएको फाराम अर्को प्रदेशमा देखिने जस्ता गम्भीर त्रुटी देखिएको उहाँको भनाई छ । यही विषयमा आफूले भौतिक पूर्वाधार विकासमन्त्रस्लाई जानकारी गराएपनि त्यसको सुनुवाइ नभएको उहाँको आरोप छ । उहाँले जनताबाट उठाएको करबाट सञ्चालन हुने सरकारी सेवा नागरिकले सहज रुपमा पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशमा केही पनि अधिकार छैन । यहाँ मन्त्री भएर मैले सम्मान खाने अनि दुई शब्द बोल्ने । पर्यटन क्षेत्रमा हेर्नुस्, सम्पूर्ण संघले नै कब्जा गरेको छ, प्रदेशको ठाउँ नै छैन । बजेट ल्याउने, कर लिने अनि त्यो करबाट मन्दिर बनाउन दिने, अनि देउता थानमा के बनाउने, बाटो बनाउने अनि खानेपानी बनाउने त्यो भन्दा अरु छैन । हिजो मात्र मुख्यमन्त्रीसँग धेरै कुराहरू भयो । धेरै कुरामा अब अट्याकिङ भइराखेको छ, संघबाट, तर प्रदेश हामी खारेजको कुरा गर्छौँ नी, त्यसै गरेको होइन । जुन चीजलाई अधिकारै दिँदैन, अधिकार दिनै मिल्दैन भने किन राखिराख्छौँ त ? हामीले सोधेको यो मात्र हो । तर अधिकार छैन हेर्नुस् । अब अहिले तपाईँको भर्खर लाइसेन्सको कुरामा विवाद आइराखेको छ । प्रदेशले एउटा सफ्टवेयर चलाइराखेको थियो, लाइसेन्ससम्बन्धी राम्रोसँग चलिराखेको थियो । तर किन–किन अकस्मात त्यो सङ्घीय सरकारले अब हामी गर्छौँ भनेर लिएर जानुभयो । भौतिक पूर्वाधार विकासमन्त्रालय मार्फत त्यो सफ्टवेयर जब सातै वटा प्रदेशमा त्यही बागमती प्रदेशले गरिरहेको प्रोग्रामलाई लगियो र त्यो लाने क्रममा डिफल्ट आयो । तपाईँको ५० हजार तिरेको छ भने ३० हजार देखाउने, ३० हजार तिरेकोमा ५० हजार देखाउने, राम भनेर फाराम भरेकोमा श्याम देखाउने, गण्डकीको फाराम भरेको छ भने वागमतीमा देखाउने, हुँदाहुँदा यतिसम्म भयो कि मैले सुन्नमा आएकोअनुसार प्रमाण छ है, निलो नम्बर प्लेट, त्यो त अन्तर्राष्ट्रियकरण भन्छ, निलो नम्बर प्लेटमा सवारी धनीको नाममा नन्द प्रसाद ढकाल भनेर आयो रे ! अब यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूलाई भोलि कसैले रिसाएर दुई थप्पड हान्देला, मुखै छाड्ला, त्यसको जिम्मेवारी त मैले लिनुपर्छ । मैले भौतिक पूर्वाधार विकास मन्त्रीलाई फोन गरेँ । फोन गर्दा उहाँ मसँग कुरा गर्न मान्नुभएन । नमानेपछि मेसेज पठाउनु भन्नुभयो । मैले मेसेज पठाएँ, त्यो मेसेज पनि पढ्नुभएन । त्यो पीडाको कुरा हो हेर्नुस् । किनभने जनतासँग कर लिएको छ, त्यो जनताकै पैसाबाट तपाईँको मैले पनि गाडी चढेको होला, तपाईँको पिएसओ राखेको  होला । तर त्यही जनताहरूलाई हामीले पीडामा राख्नुहुन्न ।’

उहाँले नेपालमा चलिआएका धर्म, संस्कृति, रहनसहन र परम्पराको पनि जर्गेना गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालबाट युवाहरु विदेशिने क्रम बढेसँगै यहाँको संस्कृति समेत मासिँदै जाने अवस्थामा पुगेको बताउनु भयो । सनातनदेखी चलिआएका सबै धर्म, संस्कृति, ऋतिरिवाज, रहनसहन नेपालीको अमूल्य सम्पत्ति भएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल