२० भाद्र २०८३, शनिबार
,
Latest
राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ



अ+ अ-

काठमाडौँ।  पूर्वराज्यमन्त्री एवं उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको चर्चाका बीच अन्य दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा काठमाडौंमा आयोजित ‘बाढीपछिको आपूर्ति र मूल्य श्रृङ्खलामा परेको प्रभाव तथा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

खाद्य उद्योगीसमेत रहनुभएका दुगडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने हरेक मसलाजन्य वस्तुको मूल्य अकासिएको बताउनु भयो ।

उहाँकाअनुसार हाल बजारमा बेसार, अलैँची, मरिच, धनियाँ, जिरा र खुर्सानी जस्ता अत्यावश्यक सामग्रीको मूल्य विगतको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

उहाँले पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भएपनि अन्य उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बनेकोतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो । ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति र बढ्दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘पहिले प्रतिकिलो १५० रुपैयाँ पर्ने बेसारको मूल्य अहिले ३५० रुपैयाँ पुगेको छ । त्यस्तै, १२०० रुपैयाँ पर्ने ठूलो अलैँचीको मूल्य २८०० रुपैयाँसम्म पुगेको छ । भान्सामा नभई नहुने खुर्सानीको धुलो जुन १५० देखि २०० रुपैयाँ प्रतिकिलो पाइन्थ्यो, आज त्यसको मूल्य ६०० रुपैयाँ पुगिसकेको छ ।’

आफू स्वयं खाद्य उद्योग सञ्चालन गरिरहेकाले बजारको वास्तविकता नजिकबाट नियालेको बताउँदै उहाँले सञ्चारमाध्यम र सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रण गर्न विशेष भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल