१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग



फाइल फोटो
अ+ अ-

काठमाडौँ। अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले जारी गरेको पछिल्लो सडक अवस्थाबारे अद्यावधिकअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गजुरी गाउँपालिका–२ परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् जवाङखोला र कमेरेभीर क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

बाढीको सम्भावनालाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ।

१० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइने तथा दिउँसो सडकको अवस्था हेरेर मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक क्षति पुर्याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना नभएसम्म बन्द रहेका छन्।

यसैगरी, नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाएपछि काठमाडौँ–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ। अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। रासस