काठमाडाैँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।
सुरुङभित्रबाट सञ्जय साहको जीवितै उद्धार गरिएको हो। शाह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत हुनुहुन्छ।
सुरुङभित्र अझै अन्य व्यक्ति पनि फसेको जानकारी प्राप्त भएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
उद्धार टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको छ।









