१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीबाट चार थान हतियारसहित तीन जना पक्राउ



अ+ अ-

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान हतियारसहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले एक पेस्तोल, एक सिक्सर, दुईवटा कटुवा र केही गहनासहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए । तर, उनीहरुको परिचय खुलाएनन् ।

पक्राउ परेकाहरुको साथबाट केही गहनाहरुसमेत बरामद भएको भनिए पनि परिमाण पनि खुलाइएको छैन । सबै जानकारी पत्रकार सम्मेलनमार्फत् दिने उनले जानकारी दिए ।