१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

गोरखा-२ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले अन्य मन्त्रालयकोसमेत कार्यविभाजन गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

यस्तै यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वाथ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो । रासस