१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग



अ+ अ-

दाङ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाङमा राहत रकम जुटाउने क्रम जारी छ । जिल्लाका विभिन्न सङ्घसंस्थाले हालसम्म रु ४६ लाख सहयोग गरेका छन् ।

सोही क्रममा प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिठान घोराहीले रु १५ लाख ६० हजार ५५५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार उक्त रकम त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीसहित ५४० जनाबाट सङ्कलन गरिएको हो । प्रतिष्ठानमा कार्यरत कर्मचारीले दुई दिन बराबरको तलब  कोषमा जम्मा गरेका हुन् ।

त्यसैगरी तुलसीपुरमा रहेको ज्ञान ज्योति फाउन्डेसनले कोषमा रु १५ लाख १५ हजार ५५५ आर्थिक सहयोग गरेको छ । फाउन्डेसन अन्तर्गत दाङमा सञ्चालित विभिन्न विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र संस्थाकातर्फबाट सङ्कलित उक्त रकम कोषमा जम्मा गरिएको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसीले जानकारी दिनुभयो ।

त्यस्तै गोरखा समूह दाङद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताल तथा त्यहाँ कार्यरत शिक्षक, कर्मचारीद्वारा बाढीपीडितलाई रु १० लाख एक हजार सहयोग प्रदान गरिएको छ । विपद्को घडीमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले गोरखा समूहअन्तर्गतका आठ विद्यालय र एउटा अस्पतालबाट उक्त सहयोग कोषमा जम्मा गरिएको गोरखा मावि घोराहीका प्रिन्सिपल मानसिंह जीएमले जानकारी दिनुभयो ।

त्यसैगरी त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुरले रु तीन लाख ५५ हजार ५५५  सहयोग रकम सङ्कलन गरेको प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य सङ्घले कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको सङ्घका उपाध्यक्ष देवबहादुर केसीले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ तुलसीपुर सिटीले कोषमा रु एक लाख ११ हजार १११ सहयोग रकम जम्मा गरेको क्लबका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो ।  रासस