१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गर्नुभएको छ ।

बुधवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले सरकारका कमी–कमजोरीमाथि प्रश्न उठ्नु जायज भएपनि सबै संयन्त्र असफल भइसकेको भन्नु न्यायोचित नहुने बताउनुभएको हो ।

सांसद झाले प्रधानमन्त्रीले संसदमा राहत र उद्धारका सम्बन्धमा बुँदागत रूपमा स्पष्ट पारेको उल्लेख गर्दै कतिपय प्राविधिक कारणले पनि परिणाम देखिन समय लागेको बताउनु भयो ।

सरकारको नियत र इमान्दारितामा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गर्दै उहाँले विपद्को समयमा सबै राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । झाले रास्वपा सभापतिले सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राहत र उद्धारमा अपेक्षाकृत परिणाम नआएको भन्ने प्रश्न जायज हुन सक्छ, तर एकैपटक सबै चिज बिग्रिसक्यो वा सरकार असफल भयो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । हाम्रो राजनीतिक दस्ताबेजले नै सहअस्तित्वको अभ्यासलाई जोड दिएको छ । सबै तह र संयन्त्रलाई समेटेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । गृहमन्त्री फिल्डमा जाँदा कमान्ड सेन्टरमा बस्नुपथ्र्यो भन्ने प्रश्न उठ्छ, यदि नगएको भए किन नगएको भन्ने प्रश्न उठ्ने थियो । यो कार्यशैलीको कुरा हो ।’

उद्धार कार्यमा गृहमन्त्रीको सक्रियतालाई लिएर उठेका प्रश्नहरूको सन्दर्भमा सांसद झाले यो काम गर्ने आफ्नो–आफ्नो शैली भएको टिप्पणी गर्नुभयो । –न्युज एजेन्सी नेपाल