१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै बेपत्ता



अ+ अ-

रसुवा। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाउन पुगेको १ हजार १० जनाको शव फेला परेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी १ हजार १० जनाको शव फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार ४ हजार व्यक्ति अझै बेपत्ता रहेका छन् ।

वाढी प्रभावित ११ हजार ८ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये करिव ३२४ जना विदेशी नागरिक छन् । ३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो ।

वाढी प्रभावितहरुको खोजी, उद्धार, स्थानान्तरण र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार सरकारको तत्कालीन प्राथमिकता मानव जीवन बचाउने, बेपत्ता व्यक्तिको खोजी तथा जीवितको उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने रहेको छ ।

सुरुङमा फसेकाहरुको खोज तथा उद्धारका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको उहाँको भनाई छ । भारतबाट दुई टोलिमा २४ सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट नौ सदस्यीय टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।

भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी खोजी गरिरहेको छ ।

दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले गत २९ अगस्टदेखि नेपाली सम्बन्धित निकायसँग काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलाबार साँझ नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउने विषयमा पनि समन्वय भइरहेको उहाँले बताउनु भयो ।

यस्तै शव फेला परेका तर तत्काल पहिचान गर्न नसकिने शवलाई फरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनी व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

पहिचान खुलेपछि परिवारलाई शव उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उहाँको भनाई छ । बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित देश, नेपाली कूटनीतिक नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।

सरकारले लिडार, बेली ब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, भारवहन उपकरण, शव राख्ने ब्याग, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरसहितका उपकरण उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारसँग अनुरोध गरेको छ । विपद्बाट भएको क्षतिको मूल्यांकन गर्ने काम पनि सरकारले गरिरहेको छ ।

सरकारले बाढीपछि राहत उद्धार र पुनर्निर्माणको लागी मित्र राष्ट्रसंग कूटनीतिक रुपमा सहायता परिचालनका लागि समन्वय गरिरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले जापान, कतार, सिंगापुर र मलेसियाका समकक्षीसँग सोमबार टेलिफोन वार्ता गर्नुभएको थियो भने मंगलवार साँझ क्यानडाका समकक्षीसँग टेलिफोन वार्ता हुने कार्यक्रम रहेको छ । –न्युज एजेन्सी नेपाल